पहारी कूल संरक्षण समिति,कास्कीले बि.सं २०७८ शालदेखी अक्षय कोषको स्थापना गरेको जानकारी गराउँदछौं। अक्षय कोष भनेको कहिल्यै क्षय नहुने कोष भनेर बुझिन्छ।
यस अक्षय कोषलाई सामान्यता ब्याङ्कको मुद्दति खातामा राखिने छ र त्यसबाट प्राप्त हुने व्याजले सम्पुर्ण पहारीहरुको हक-हितका लागी, पहारी एकताको लागी, पहारी पैचाहान बुलन्द बनाउनको लागी, वंशावली निर्माणको लागी, देशैभरका पहारीहरु र देश बाहिर रहेका पहारीहरुलाई पनि एउटै छातामुनि गोलबद्ध गर्नको लागी प्रयोग हुनेछ । साथै कुनै पनि पहारी परिवारलाइ आपत विपद परेको अवस्थामा सहयोग गर्नको लागी, मुख्य त कुनै पनि पहारी परिवारका छोराछोरीहरु शिक्षाको उज्यालोबाट वन्चित नहुन र उपचार बिना कुनै पहारीको मृत्युवरण गर्न नपरोस् भन्ने पवित्र उदेश्यका साथ यो अक्षय कोष आफ्ना दिगम्वरत बुवा आमा, श्रीमान, श्रीमती, अथवा आफ्ना आफन्तका नाममा स्थापना गरिएको सहर्ष जानकारी गराउँदछौं।